शिवसताक्षीमा रेडक्रसले शुरु गर्यो मानवीय सेवामा आधारित कार्यक्रम

0

दमक/नेपाल रेडक्रस सोसाइट शिवसताक्षी उपशाखाले मंगलवार रक्तदान कार्यक्रम गरेको छ । नयाँ शाखाको रुपमा स्थापित बन्दै गरेको रेडक्रस उपशाखाले पहिलो पटक रक्तदान गरेको हो । उपशाखाका सह सचिब सुरज रिङालुङका अनुसार ५१ जनाले रक्तदान गरेकाछन् ।

प्रत्येक वडामा रक्तदान गर्ने कार्यक्रम रहेको पनि उनले जनाए । पहिलो पटकको कार्यक्रममा नै स्थानीयले उत्साहजनक रुपमा सहभागिता जनाएको भन्दै रिङालुङले यस्ता मानवीय कार्यक्रमहरु गर्ने आफूहरुको उदेश्य रहेको बताएकाछन् ।

You might also like More from author