दिसापिसाब गरिसके पछि अङ्ग पनि पखालिदिने प्यानसेट

0

काठमाडौ : एउटा शौचालयमा के कस्ता सुबिधाहरु होलान् ? दिसा पखाल्ने पानी, बाल्टी, साबुनपानीले हात धुने ठाउँको ब्यबस्था । एउटा शौचालय भित्र कम्तीमा यी सुबिधाहरु हुनु पर्ने भए पनि भर्खरै नेपालमा भित्रिएको प्यानसेटमा भने दिसा गरिसके पछि अङ्ग धोइदिने र दिसा गरिरहेको अवधिमा तातो हावा फ्याक्ने सम्मको सुबिधा राखिएको छ ।

चीनमा निर्मित जापानी प्रबिधिको यो प्यानसेट नेपालमा himalayan overseas trading ले भित्र्याएको हो । ट्रेडिङकी जानुका सुवेदीका अनुसार यो प्यानसेटमा अरु धेरै सुबिधाहरु राखिएका छन ।

जब दिसा गर्न प्यानसेटमा बसिन्छ त्यहाँ भएको सेन्सरले काम गर्न थाल्छ, बिस्तारै तातो हावा आउँछ, जसका कारण दिसा बसुन्जेल चिसोको महसुस गर्नु पर्दैन ।
यो प्यानसेट प्रयोग गरि निर्माण गरिएको शौचालयमा दिसापिसाब गर्ने बाहेक धुने, सुख्खा पार्ने, न्यानो दिने सबै मेसिनको माध्यमबाट प्यानसेट आफैले गर्छ ।

प्यानसेटको दायाँ तिर rear, front, stop, dry, forward, backward लगायत bottom हरु राखिएका छन, तपाइले आवश्यकता अनुसार ती bottom हरु प्रयोग गर्न सक्नु हुन्छ ।
प्यान सेटको पछिल्लो भागमा एउटा धाराको टुटी जस्तै जस्तै नोजल हुन्छ, त्यसैको सहायताले नै धुने काम गर्छ ।

तपाईंले dry बटम थिच्नु भयो भने तपाइँको अङ्गलाई सुख्खा बनाइदिन्छ । forward bottom थिच्दा नोजल अघिल्तिर आउँछ । त्यस्तै backward थिच्नु भयो भने नोजल पछिल्लो भागतिर सर्छ ।
तपाइलाइ पानीको प्रेसर कत्तिको चाहिने हो ? त्यो पनि त्यही बाट निर्धारण गर्न मिल्छ । पानीको प्रेसर मिलाउन low भन्ने बटम छ, जसमा 1, 2, 3 राखिएको छ ।

यसको नेपाली बजार मूल्य माथिल्लो प्यान्सेटको मात्र ६० हजार र फिटिङ्स सहित १ लाख रुपैया रहेको himalayan overseas trading की जानुका सुवेदीले बताउनु भयो ।
सरकारले यस्ता खाले वस्तुलाई बिलासिताको साधन अन्तर्गत राखी चर्को भन्सार शुल्क असुल्दा धेरै महङ्गो पर्न गएको सुवेदीले बताउनु भयो ।

You might also like More from author