श्रीदेवीका पतिले भने– उनको मृत्यु अघि यस्तो भएको थियो

0

दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरले २४ फेब्रुअरीको रातको केही घटनाक्रम सार्वजनिक गरेका छन् ।

२४ फेब्रुअरीमा नै श्रीदेवीको दुबईको एक होटलको कोठामा बाथ टवमा डुवेका कारण मृत्यु भएको थियो ।

बोनी कपूरले बताएका छन् कि उनी आफ्नाी पत्नीलाई सरप्राइज दिन अचानक दुबई पुगेका थिए । कसरी उनीहरु गला मिलेका थिए र एक अर्कालाई चुमेका थिए । र कसरी दुई घन्टापछि श्रीदेवी पानीमा भरिएको बाथटवमा फेला परेकी थिइन् ।

बोनी कपुरले आफ्नो तीस वर्ष पुरानो साथी ट्रेड एनालिस्ट कोमल नाहटासँगको कुराकानीमा २४ फेब्रुअरीको साँझका बारेमा बताएका छन् ।

कोमल नाहटाले यो कुराकानीलाई आफ्नो व्लगमा प्रकाशित गरेका छन् ।

बोनीले नाहटालाई बताए अनुसार २४ वर्षमा मात्र दुईपटक दुई पति पत्नीसँग विदेश गएनन् । तर श्रीसँग आफ्नो साथीको पत्नी हुने गरेकी थिइन् । दुबई एकमात्र यस्तो विदेशी यात्रा थियो जहाँ श्रीदेवी दुई दिन सम्म(२२ र २३ फेब्रुअरी) एक्लै बसिन् ।

बोनी, श्रीदेवी तथा खुशी एक पारिवारिक विवाह समारोहका लागि दुबई गएका थिए । जुन २० फेब्रुअरीमा सम्पन्न भएको थियो । बोनीको लखनउमा एक महत्वपूर्ण बैठक जसका कारण उनी भारत फकिएका थिए । श्रीदेवी दुबईमा नै बस्नु थियो किनकी उनलाई जाह्नवीका लागि शपिङ गर्नु थियो ।

नाहटाले लेका छन्,‘जाह्नवीको शपिङ लिस्ट श्रीदेवीको फोनमा थियो । तर उनी २१ फेब्रुअरीमा शपिङ गर्न जान सकिनन् किनकी उनको फोन रस अल आइमाहमा छुटेको थियो । दिनको धेरैजसो समय उनले होटलमा नै विताइन् ।

बोनीले नाहटालाई बताए,‘२४ फेब्रुअरी विहान मेरो श्रीसँग कुरा भयो । जब उनले भनिन्, पापा(श्रीदेवी बोनीलाई पापा भन्थिइन् ) म तपाइलाई निकै मिस गरिरहेको छु ।’
तर मैले उसलाई बताइन कि म उनलाई भेट्न साँझ दुबै आउँदैछु भनेर ।

जाह्नवी पनि चाहन्थिन् कि म दुबई जाउँ किनी उसलाई डर थियो कि उसकी आमा जसलाई एक्लै बस्ने बानी थिएन । आफ्नो पासपोर्ट या महत्वपूर्ण सामाग्री हराउन सक्थिन् ।

नाहटाले लेखेका छन् कि बोनीले आफ्नो ‘ज्यान’ तथा दुई बच्चि, जाह्नवी तथा खुशीकी आमा श्रीदेवीलाई दुबईको जुमेराह एमिरेट्स टावर्स होटल पुगेर सरप्राइज दिएका थिए ।

बोनीले होटलबाट डुप्लिकेट साचो लिएर श्रीदेवीको कोठा खोलेका थिए । नाहटा ले बोनीको भनाइ उल्लेख गर्दै लेखेका छन्,‘दुवै छोरी प्रेमिसँग जस्तै गरि गला मिले ।’ श्रीदेवीले बोनीलाई भनेकी थिइन् कि उनलाई अनुमान थियो कि आफूलाई भेट्न बोनी दुबई आउने छन् । त्यसपछि बोनी गला मिलिन, चुमिन् र आधा घण्टा कुराकानी भयो ।

यसपछि बोनी फ्रेस हुनका लागि गए । बाथरुमबाट बाहिर आएर उनले प्रस्ताव गरेकी दुवैजना रोमान्टिक डिनमा जानका लागि ।

उनले श्रीदेवीसँग निवेदन गरेकी आगामी दिन सपिङ रद्द गर्न । भारत फिर्ता आउने टिकट पनि साट्नु थियो किनी २५ तारिखको राति भारत फर्कने तय भएको थियो । श्रीदेवी अब रिल्याक्स गर्ने मुडमा थिइन् । रोमान्टिक डिनरका लागि तयार हुनका लागि उनी नुहाउन गइन् ।

बोनीले नाहटालाई बताए‘म लिविङ रुममा गए जबकी श्रीदेवी मास्टर बाथरुममा नुहाउन र तयार हुनका लागि गइन् ।’

लिविङ रुपममा बोनी दक्षिण अफ्रीका र भारतबीचको क्रिकेट अपडेट लिनका लागि टिभी च्यानल बदल्न लागे ।

फेरि त्यहाँ पाकिस्तान सुपर लिगको एक म्याचको हाइलाइट् हेर्न थाले । उनले १५–२० मिनेट सम्म खेल हेरे । तर फेरि उनलाई लाग्यो शनिवार त सवै रेस्टुरेन्टहरुमा भीड लाग्छ होला ।

तब करिब आठ बजे बोनीले श्रीदेवीलाई लिविङ रुमबाट नै बोलाए । उनले दुईपटक बोलाए । फेरी उनले टिभीको आवाज सानो पारे । तर पनि आवाज सुनेनन् । फिरि उनी बेडरुम गए । बाथरुमको ढोका ढकढकपारे र फेरि उनले आवाज दिए । भित्र बाट पानीको टव खुल्ला भएका आवाज आएको सुनिएको थियो । उनले फेरि बोलाए,‘जान, जान’

कयौं पटक बोलाउदा पनि आवाज नआएपछि घबराहटमा परेका बोनीले धक्का दिएर ढोका खोले । ढोका भित्रबाट बन्द थिएन । बोनी थोरै डराएका थिए । तर जो दृश्य उनको आखाको आगाडि आउनेवाला थियो त्यसका लागि उनी तयार थिएनन् । बाथटव पानीले पूरै भरिएको थियो र श्रीदेवी त्यसमा पूरै डेबेकी थिइन् । शिरदेखि लिएर अमुलासम्म । बोनीले उनलाई हल्लाए तर उनको शरीरमा कुनै हलचल थिएन ।

नाहटाले लेखेका छन्,‘जे भयो, त्यसका लागि कोही पनि तयार थिएनन् । उनी पहिला डुविन र बेहोस भइन् या बेहोश भएर डुविन् शायद कसैलाई यो थाहा हुने छैन । बाथटबबाट थोरै पनि पानी बाहिर आएको थिएन । श्रीदेवीले शायद एक मिनेटका लागि पनि संघर्ष गर्नका लागि समय पाइन् किनी यदी उनले डुव्न लागेको बेला आफ्नो हातपाउ हल्लाएको भए त थोरै पानी टब बाट बाहिर निस्कन्थ्यो । तर भुइमा पानी थिएन ।’
बीबीसी हिन्दीबाट/ साथै लोकान्तर बाट

You might also like More from author