सेक्सका लागी बाहेक यस्तो अनौठो कामका लागी पनि कण्डम प्रयोग गरेको पाइयो, कारण सुनेर तपाई छक्क पर्नुहुनेछ

0

एजेन्सी । कण्डम सुरक्षित सहवासका लागी मात्र नभई विभिन्न देशमा विभिन्न उदेश्यका लागी प्रयोग हुँदै आएको पाइएको छ । मध्यपूर्वी देशमा कण्डम विभिन्न तरिकाबाट प्रयोग गरिन्छ । किसानहरुले पानी बोक्न प्रयोग गर्छन्, छानोमा चुहिने ठाउँमा प्रयोग गर्छन् र सडक मजदूरले सडकलाई चिल्लो बनाउन कण्डम प्रयोग गर्छन् ।

भारतको बनारस शहर साडीका लागि चर्चित मानिन्छ । सरकारले निःशुल्क रुपमा वितरण गरेको कण्डम अचानक त्यहाँ निकै लोकप्रिय भएछ । एउटा बनारसी सारी बनाउन १४ वटा कण्डमको प्रयोग हुन्छ । अमेरिकी सेनाले पनि कण्डम प्रयोग गर्छन्, तर, सेक्सका क्रममा होइन । उनीहरुले बगेको रगत रोक्न, पानी बोक्न, सर्जिकल ग्लोभ्सको रुपमा र बन्दुकमा बालुवालगायतका फोहोर पस्न नदिन कण्डम प्रयोग गर्छन् ।

You might also like More from author