मलेसियामा कफी पिउँदा दुई नेपाली गम्भीर बिरामी परे

0

कफी पिउँदा मलेसियाको पेनाङमा कार्यरत दुई नेपाली गम्भीर बिरामी परेका छन् । डुरियन फ्लेवरको दुई सानो प्याकेटको कफी मिसाई बाँडेर पिएका उनीहरू बिरामी परेका हुन् ।

कफी पिएको करिब १० मिनेटमै उनीहरूलाई रिंगटा लागेको र कमजोर भई अचेतसमेत भएको मलेसियाली भाषाको अनलाइन पोर्टल कोस्मोले उल्लेख गरेको छ । ३१ र ४५ वर्षीय ती दुवैजना त्यहाँको पुलाउ तिकुसस्थित एउटा व्यापारिक भवनमा सुरक्षा गार्डको काम गर्छन् । ती दुईमध्ये एकजना अचेत भएका थिए ।

बुधबार बिहान ९.३० बजेको उक्त घटनापछि उनीहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको थियो । हाल उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनीहरूको परिचय खुलाइएको छैन । झट्ट हेर्दा नेपाली रुख कटहरजस्तो देखिने डुरियन उष्ण तापीय भूक्षेत्रमा फल्ने फल हो । रक्तचाप, मुटुसम्बन्धी रोगका बिरामीका लागि फलदायी मानिने यो फल कतिपय अन्य पदार्थसँग खाएमा ज्यानैसमेत जान सक्छ । चिकित्सकका अनुसार यो फल दूध, कफी, मटन, बिफ, जाँडरक्सीलगायत खाद्यपदार्थ एवं पेयपदार्थसँग खानु हुँदैन । कान्तिपुरमा खबर रहेको छ

You might also like More from author