श्रीमतीको मोबाइल हेर्दा यस्तो भेट्टाएपछि

0

 श्रीमतीको मोवाइलमा हेर्दै गरेका श्रीमान् एकाएक रिसले चुर भए । उनले श्रीमतीको मोवाइलमा यस्तो कुरा भेटे जसले उनलाई एक जनाको हत्या गर्ने बनायो । श्रीमतीको मोवाइलमा भेटिएको कुराकै कारण हत्या गर्ने ती व्यक्तिलाई अहिले प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीको मोवाइलमा उनका प्रेमीसँगको अपत्तिजनक फोटो, म्यासेज भेट्टाएपछि भारतको इन्दौरका इमरोज नामका व्यक्तिले प्रेमीको हत्या गराएका हुन् ।

उनले एक सुपारी किलरलाई हत्या गर्न पठाएका थिए । इस्लामुद्दिन नामका ती सुपारी हत्याराले आफ्ना दुई साथी सलमान र सादिकसँग मिलेर मजीद नामका युवकको हत्या गरेका थिए । मजीद इमरोजकी श्रीमतीका प्रेमी हुन् ।

इमरोजकी श्रीमती र मजीदको पहिलेदेखि नै प्रेम सम्बन्ध रहोकोमा इमरोजसँग बिहेपछि उनीहरु भेट्न छोडेका थिए । तर, एक वर्ष अगाडिदेखि उनीहरु फेरि भेट्न थालेका थिए । केही दिनअघि इमरोजले श्रीमतीको मोवाइल हेर्दा मजीदसँगका आपत्तिजनक फोटो, म्यासेज र च्याट भेटेका थिए ।

त्यसपछि उनले श्रीमतीलाई सम्झाएका थिए । उनले मजीदलाई पनि सम्झाउने कोसिस गरेको तर मजीद आपराधिक प्रवृत्तिको भएकोले उल्टै धम्क्याउन थालेपछि हत्या गरेको इमरोजले बताएका छन् ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.