डाक्टर केसीलाई रामशरणले दिए यसरि चेतावनी, अब के होला?

0

नेपाली कांग्रेसका नेता रामशरण महतले जुलुस निकालेर र अनसन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले डाक्टर केसीलाई सो कुराको चेतावनी दिएका हुन्।

कार्यक्रमा बोल्दै उनले भने,‘अदालत भनेको स्वतन्त्र न्यायपालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन।’

उनले भने,‘दलहरूले अदालतलाई प्रभाव पार्ने कुरा गर्नुहुँदैन, यो गलत हुन्छ’ महतले गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेको विषयप्रति टिप्पणी गर्दै भने,‘जहाँसम्म केसीको माग छ, राजीनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरू प्रमाणित गर्नुपर्छ, सत्यता हो कि होइन? भन्ने कुरा आउनुपर्छ’ आरोपका सत्यताहरू बाहिर आउनुपर्नेमा महतले जोड दिए।

केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी मागहरूमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय मागहरू पूरा गरिदिएको बताउँदै  उनले भने,‘केसीले उठाएका मेडिकल एडुकेशनसम्बन्धीका मागमा राम्रा कुराहरू छन्, तिनलाई सम्बोधन गर्न मैले पनि पहल गरेकै हो।’

नेता महतले प्रधानन्यायाधीश वा न्यायाधीशहरूको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निर्क्यौल गर्ने विषय भएको पनि स्पष्ट पारे।

उनले भने,‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन।’ अदालत न्यायको मन्दिर भएकोले यसलाई निष्पक्ष ढंगले काम गर्न दिनुपर्ने उनको भनाइ छ।

संवैधानिक व्यवस्थामा नै जटिलताहरू भएकोले अहिले नयाँ सरकार गठनमा ढिलाइ भैरहेको उनको तर्क थियो। ‘कसैलाई दोष दिने ठाउँ छैन, संविधानमा नै हामीले अप्ठ्यारा प्रावधानहरू राखेका छौं’ महतले अघि भने,‘नयाँ सरकार गठनको लागि जटिलताहरू र समय अलिक बढी लाग्ने खाले प्रावधान राखियो, यसले गर्दा गलत भयो।’

त्यस्तै, उनले प्रदेश प्रमुख र अस्थायी राजधानी आज तोक्ने भनिएको भएपनि सरकारले तोक्न नसक्नु दुःखदायी कुरा भएको भन्दै दुखेसो पोखे । उनले भने,‘आज निर्णय भएन, हुनुपर्दथ्यो यो दुःखको कुरा हो, तर अब तुरुन्त निर्णय गर्नुपर्छ, आइतबारसम्म निर्णय हुनुपर्छ।’

महतले चाँडोभन्दा चाँडो सत्ता हस्तान्तरण गर्नुपर्ने बताए। उनले भने,‘नयाँ म्याण्डेट अनुसार नयाँ सरकार बन्नुपर्छ, तर अहिलेका प्रधानमन्त्रीको नियत सफा छ, बाध्यकारी भएरमात्रै उहाँ बसिरहनुभएको हो।’ सेतोपाटि बाट

You might also like More from author

Leave A Reply

Your email address will not be published.