पत्रकारकी श्रीमतीका पिडा!

0

निर्मला अधिकारी

बिहे गर्नका लागि हेर्न आउँदा उहाँले भन्नुभएको थियो, म पत्रकार हुँ । पत्रकारसँग बिहे गर्न तपाईंलाई कुनै समस्या नहोला नि रु त्यतिबेला मलाई लागेको थियो । पत्रकार पनि अन्य कार्यालयका जागिरे जस्तै त होलान् नि । अनि मैले उहाँको भनाइलाई मौन बसेर स्वीकृति जनाएकी थिएँ ।

सबै महिलाको चाहना उस्तै हुन्छन् । आफ्नो श्रीमान् कुनै कार्यालयमा काम गरोस् । काम सकेर समयमै घर आओस् । शनिबार र अन्य बिदामा आफू र छोराछोरीलाई समय देओस्, कतै घुमाउन लगोस् । चाडबाडका बेला ढुक्कसँग घर, परिवार र आफन्तसँग बसेर रमाइलो गर्न पाइयोस् ।

अझ त्यसमाथि श्रीमान्को तलब नियमित आओस्, घर खर्चलगायतका सीमित आवश्यकता पूरा गर्न सकियोस् भन्ने आकांक्षा पाल्नु अनौठो होइन । पत्रकारबाहेकका पेसामा आबद्ध व्यक्तिहरूमा यी कुरा लागू हुन्छन् । तर पत्रकार रु

पत्रकारका समस्या के९कस्ता हुन्छन्, त्यो मलाई थाहा छैन । तर, पत्रकारकी श्रीमती हुनु भनेको निकै तनाव र पीडा झेल्नु हो भन्ने मलाई लागेको छ । श्रीमान् पत्रकार भएकै कारणले बिहेपछि अन्य दम्पतीले जस्तो हामीले नयाँ ठाउँ घुम्ने र कथित हनिमुन मनाउन पाएनौं । बिहेको केही दिनपछि नै उहाँ आफ्नो पत्रिकाको काममा लाग्नुभयो ।

मैले थाहा पाएसम्म उहाँको न नियमित साप्ताहिक बिदा भयो, न कुनै सार्वजनिक बिदामा उहाँ कोठामा बस्न पाउनुभयो । कुनै पनि राति १० बजेभन्दा अगाडि उहाँ कहिल्यै कोठामा र्फकनुभएन । हरेक साँझ म खाना बनाएर उहाँलाई फोन गर्दथें । प्रत्येक फोनमा एउटै उत्तर हुन्थ्यो, अब आइहालें । खाना सेलाएको भए तताउँदै गर है ।

पहिलेपहिले एउटै साँझमा पाँच पटकसम्म फोन गर्थें, पछि बानी परेपछि छोडिदिएँ । एउटै घरमा अन्य कोठामा बस्नेहरू सुतेपछि बल्ल म खाना बनाउन सुरु गर्दथें । उहाँ आउँदा १० र ११ बज्थ्यो । हामी घरको चौथो तलामा बस्छौं । उहाँ आएपछि मैले भुइँ तलामा झरेर ढोका खोलिदिनु पथ्र्यो । एक दिन उहाँ ११ बजेसम्म नआएपछि मैले फोन गरें ।

एकैछिनमा आइपुग्ने जवाफ आयो । त्यो बेला प्रकाशन सुरु हुन लागेको यो साता भन्ने पत्रिकामा आबद्ध हुनुहुन्थ्यो उहाँ । पछि बल्ल साढे १२ बजे फोन गरेर खाना खाएर सुत है, पत्रिकाको डिजाइनमा केही समस्या आएकाले म आउन समय लाग्ने भयो, भन्नुभयो । यतिबेर कुराएर अब सुत भन्ने भन्दै म फोनमै एकछिन बाझें ।

त्यो रात उहाँ साढे २ बजे मात्र कोठामा आउनुभएछ । म सुतिसकेकी थिएँ, कोठाको चुकुल नलगाई । ढोका खोल्न पनि झरिनँ । तल्लो तलामा बस्ने विद्यार्थी भाइले ढोका खोलिदिएछन् । उहाँले भात र दाल तताउँदै गर्दा किचनमा भाँडाकुँडा बजेको सुनेर म ब्युँझिएँ । मलाई त्योबेला धेरै रिस उठेको थियो । मैले खाना खान मानिनँ, उहाँले मात्र खानुभयो ।

पत्रकारको हट वाइफ कोल्ड राइस भन्ने त पढेको थिएँ, आज आफैंले भोग्नुपर्यो भनेर उहाँ हाँस्नुभयो । त्यसको अर्थ भोलिपल्ट बुझाउनुभयो९ पत्रकारको घरमा भात सधैं चिसो हुन्छ अनि श्रीमतीचाहिँ रिसाएर तातिएकी । त्यो वाक्य उहाँले मैमाथि प्रयोग गरेको जसरी अथ्र्याउनुभयो, अनि मलाई पनि हाँसो उठ्यो ।

उदाहरण कति छन् कति । कुनै शनिबार वा बिदाका दिन छोराछोरीलाई लिएर कतै घुम्न जाने तयारी गरिरहेको बेला उहाँ एक्कासि तिमीहरू घुमेर आउनू, मेरो काम पर्यो भनेर हिँडिदिनुहुन्छ । बिहान कलेजमा पत्रकारिता पढाउने अनि रातिसम्म पत्रिका र रेडियोमा काम गर्नुहुन्थ्यो । दिउँसो खाना खान आउँदा छोराछोरी स्कुल गइसकेका हुन्थे ।

उहाँसँग भेट्न छोराछोरीले पनि शनिबार कुर्नुपथ्र्यो । त्यो शनिबार पनि बिहानै कसैले कार्यक्रम राखिदियो भने उतै दौड्नु पर्ने । अचम्मको पेसा १ छोरी अलिक ठूली भएपछि गाली गर्न थाली । तपाईं नआएसम्म खाना खाँदिनँ भनेर घुर्की लगाउन सुरु गरी । कहिलेकाहीँ त छोरीको घुर्कीले पनि काम गर्यो ।

पत्रकारलाई मात्र समय सीमा हुँदैन कि, अरू पेसामा पनि त्यस्तै हुन्छ मलाई थाहा छैन । कहिलेकाहीँ उहाँलाई यस्तो जागिर खानु पर्दैन, कलेज मात्र पढाए पनि खान पुग्छ भन्थें । उहाँले कहिल्यै मान्नुभएन । पत्रकारलाई मात्र होइन डाक्टर, पाइलट, प्रहरीलाई पनि यस्तै हुन्छ उनीहरूको पनि निजी समय हुँदैन, भन्नुहुन्छ ।

बल्लबल्ल घरमा अलिक लामो समय बसेको बेला पनि फेरि टेलिफोनमै धेरै समय बिताउने । खै कसले फोन गर्छ कुन्नि ?समय नपाएको मात्र होइन श्रीमान्को सुरक्षाले पनि चिन्तित बनाउँछ । कहिलेकाहीँ धम्कीका फोन आउँछन् । उहाँले फोनमा कुरा गरेको हाउभाउ र भावले बुझिन्छ त्यस्तो कुराकानी बारेमा ।

सधैं काममा व्यस्त भए पनि पैसाको भने जहिल्यै अभाव । उहाँले एकपटक भन्नुभयो पत्रकारिताबाट कहाँको मासिक तलब आउनु । त्रैमासिक अथवा चौमासिक तलब आउँछ । अनि खै त त्यत्रो महिनाको तलबभन्दा उहाँको उत्तर उदेक लाग्दो हुन्छ । तीन अथवा चार महिनापछि थापे पनि तलब एक महिनाको नै पाउने हो ।

त्यो पनि कुनै कुनै सञ्चारगृहले त कति साथीलाई एक वर्षदेखिको तलब दिएकै छैनन् । कुनै कुनैमा मात्र हो नियमित तलब आउने । यस्तो कुरा सुनेपछि मेरो रिसको पारो चढ्छ । साँच्चै भनेको हो कि ठट्टा गरेको हो थाहा छैन । म बुझ्दिनँ, अनि किन गर्नु पर्यो त सित्तैमा काम रु खुरुक्क घरमा बसेर छोराछोरीलाई पढ्न सिकाउनू ।

यसो अरूका नानीबाबुहरूलाई ट्युसन पढायो भने पनि खान पुग्छ भनेर म र्झकन्छु । उहाँ सम्झाउनुहुन्छ, पत्रकारिता भनेको नशा हो । मानिसलाई नशा लागेपछि कहाँ सजिलै छुट्छ र ? उहाँको पेसालाई लिएर मेरा गुनासा सुनेपछि श्रीमान् भन्नुहुन्छ मैले बिहे गर्नुभन्दा पहिले भनेकै थिएँ नि । म पत्रकार हुँ भनेर । अहिले किन किचकिच गर्छ्यौ ?

अनि म अवाक् हुन्छु ।

तैपनि लागिरहन्छ, यो नशा हो कि नाश !

#नारी #nari #पत्रकार

You might also like More from author