संविधान किन र कसका लागि !

0

– करन महरा / के बि
हो !म जान्दछु, म पनि यसै राष्ट्रको नागरिक हुँ जसको छायाँमै हुर्के,बढेँ र पढेको छु पनि ।तर आज म आफ्नै राष्ट्र प्रती औँला तेर्साउन बाध्य छु।अँझ भनौ ती नीति निर्माताहरु प्रती जसले मुलुकको भविस्यको खाका कोर्ने ठेक्का लिएका छन्। जसले देश बिकास ,शान्ती र स्थायित्वका लागी भनी थुप्रै पटक हजारौं बेकसुर जनता हरुलाई मार्न /मर्न बाध्य तुल्याएका छन्।

संविधान आँखिर कस्का लागि ,सोध्नु भएको छ? जवाफ आउँछ जनताको हक अधिकार सुनिस्चितताका लागि,उसोभा खोइ त्यो अधिकार कस्तो हुनुपर्थ्यो ? कस्तो छ,,अन्तर पक्कै छ। संविधान भन्नाले देशको मुल कानुन हुनुपर्ने तर ब्यक्ती बिशेषको हातमा सबै कन्ट्रोल गर्न सक्ने अवस्थाको सृजना गरिएपछि गरिब निमुखाले कस्को आश,भर पर्ने ।
संविधानका नाममा बर्षौं पिच्छे करोडौंको रकम खर्च आँखिर किन गरिँदैछ या गराईंंदैछ चासोको बिषय तर नियम लागू गरिने हो भने एउटै पटकको नियम पनि धेरै हो र पनि अक्षरंश: पालना गरिने/गराइने भए पो।

नियम कागजका पानामै सिमित राख्ने र पावर र पैसाका आडमा सबथोक हुने भएपछी त्यो नियम बनाईनुको के अर्थ रह्यो र ? त्यस अर्थमा त चुनाव गराइ राख्नुको कुनै अर्थ रहेन,ती बनाईएका नियम पालना गराउने जिम्मा बोकेका निकायहरु नै खुलेयाम नियम/ कानुनको धज्जी उडाइ हिँड्छन भने त्यस्ता ब्यक्तिहरुबाट शु- शासनको अपेक्षा कुन रुपमा गर्ने ?
लोकतन्त्रमा जनता जनार्दन हुन् भनिएपनी तिनै जनता हरुबाट संकलित अभिमतको कुनै मुल्यांकन नै छैन। कसैले च्यातेका छन्,जलाएका छन्।यति भैसक्दा समेत सरकार मुखदर्शक बाहेक गर्ने केही नसक्ने होईन गर्न चाहँदैन र पो ।

मुलुकमा स्थायित्व र दिगो बिकासकालागी भनी जन प्रतिनिधिहरु छान्ने कामहरु समेत भए तर अँझै अवस्था भयावह देखिन्छ।जनप्रतिनिधिहरु जनता,समाजको सेवा गर्नकालागि हुन् या गरिब निमुखा माथी शासन गर्न ? लाजमर्दो कुरो छ।
सबै तर्फ पावर र पैसाकै राज चल्छ ,यति सम्मकी कानुन पालना गराउनकैलागि स्थापित निकायहरु भित्रै
पावर र पैसा हुनेले जस्तोसुकै अपराध गरोस् सजिलै उन्मुक्ती पाउँछ तर एक गरिब, न्यायका लागि अदालतको ढोका ढकढक्याउँदा ढकढक्याउँदै र तारेख थाप्नमै भएको जायजेथा सबै गुमाउँन पुग्छ र पनि उसले न्याय पाउँदैन । खोइ समानता ? न्याय ?
आज सम्म मुलुकमा गरिबहरुको उत्थानकै लागि भनेर हजारौंका संख्यामा विभिन्न निकायहरु र मातहतका कार्यालयहरु स्थापित भएका छन्।तर उक्त कार्यालयहरु द्वारा आज सम्म कतिजना वास्तविक गरिबले सहयोग पाएका छन् ? के सरकार संङ्ग ती सबैको एकिन तथ्यांक छ ? त्यस्ता कार्यालयहरु मध्य थुप्रैले गलत तथ्यांकका आधारमा बिदेशी दातृहरु बाट ठूलै सहयोग पनि नलिएका हुन् र ? सबै गुमनाम।

सिस्टम जती पावर र पैसा हुनेहरुकै पहुँचमा सिमित छ र पो ।
देश निर्माणका ठुला भाषण हांक्ने नेताज्युहरुलाई के थाहा,देश बनाउन चाहिने जतिको ठुलो युवा जनशक्ती खाडी लगाएतका मुलुकमा बेचेर बाँकी रहेका बृद्द हरुबाट हुन्छ देश बिकास ?
रेमिटेन्स बाट आउने पैसाले मोज गरिबसेका ठालु माहाशय हरुलाई के थाहा,घरपरिवार देखि टाढा अर्काको मुलुकमा खुनपसिना बगाई जम्मा गरेको पैसाको मुल्य !
देश बनाउन खोक्रो भाषण होईन नतिजा मुखी कामकारबाहीमा ध्यान दिईनु पर्छ माहाशय !

You might also like More from author

Leave A Reply

Your email address will not be published.