द्वन्द्वग्रस्त इराककाे सुन्दरी कथा (फाेटाे फिचर)

0

इराक भन्ने बितिक्कै हाम्रो मानस्पटलमा बमबारी, आत्माघाती हमला, कयौँको मृत्यु र घाइतेहरुका कुरा मात्रै सम्झनामा आउँछ । विश्वका धेरै जसो समाचार एजेन्सीहरुले मध्यपूर्वको यो मुस्लीम बाहुल्य देशबारे नकारात्मक समाचार मात्रै प्रकाशन प्रशारण गर्ने गर्दछन । भलै इराकका अरु पाटाहरु सधै ओझेलमा पर्दछन ।

आज हामी द्धन्द्धग्रस्त इराककमा पनि फेसन शोका कार्यक्रमहरु हुन्छन भन्ने समाचार लेख्दैछौँ । सुन्दा सबैलाई अचम्म लाग्न सक्छ के समाचार सत्य हो ? हो इराकको अर्को परिचय भनेको त्यहाँका सुन्दर मानिसहरु पनि हुन । त्यहाँ फेशन शोका कार्यक्रमहरु हुन्छन । उसो त मानव सभ्यताको सुरुवात पनि इराकबाटै सुरु भएको इतिहास साक्षी नै छ ।

सारा इडेन, पाँच फिट सात इन्च अग्ली २७ वर्षीय इराकी सुन्दरी हुन । इडेन मिस युनिभर्स २०१७ मा इराकको तर्फबाट प्रतिनिधित्व गर्ने सुन्दरी हुन । इडेनले प्रतियोगितामा सहभागी जनाए पछि विश्वमा इराकको सुन्दरी प्रतियोगिताबारे चर्चा चुलिएको हो ।

अंग्रेजी र अरेबीक भाषाको ज्ञान भएकी इडेन अमेरिकाबाट संगीतमा डिग्री हाँसील गरेकी सुन्दरी हुन । मध्यपूर्वका द्धन्द्धग्रस्त मुलुकका शरणर्थीहरुका लागि मानवीय सेवाका कार्यमा इडेन सक्रिय छिन ।

अन्तराष्ट्रिय  मनाेरञ्जन  एजेन्सीकाे सहयाेगमा तयार पारीएकाे फाेटाे सामाग्री यहाँ प्रस्तुत गरिएकाे छ ।                                                                                 

भिडियाे हेर्न 

You might also like More from author

Leave A Reply

Your email address will not be published.